इन्धन र ग्यास कम प्रयोग गर्न श्रीलंकाका प्रधानमन्त्रीको आग्रह



काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन् ।

संसद्‌मा बोल्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हाँसिल गर्न सकिने बताएका छन् ।

श्रीलंकाले इन्धनमा मासिक ५० करोड अमेरिकी डलर खर्च गर्ने र ग्यास आयात गर्न मासिक ४ करोड अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।

श्रीलंका विदेशी मुद्राको अभावका कारण सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा छ जसको कारण औषधि, इन्धन र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्