गठबन्धनको सरकार बनेदेखि शेयर घटेको भट्टराईको आरोप



काठमाडौं । नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनको सरकार बनेदेखि शेयर बजार घटेको घट्यै गरेको बताएका छन ।

प्रतिनिधि सभामा बोल्दै सांसद भट्टराईले यो सरकारले बनाएका गलत नीति र मन्त्री तथा गठबन्धन दलका नेताहरूका गलत भनाइले गर्दा शेयर घटेको आरोप लगाए ।

‘अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र आज केही महिनादेखि अशान्त छ, समस्याग्रस्त महत्त्वपूर्ण अर्थतन्त्रको क्षेत्र केही महिनादेखि अशान्त छ, समस्याग्रस्त छ । यो सरकार बनेपछि, सरकारमा सामेल भएका राजनीतिक दलका केही नेताहरूको अभिव्यक्तिबाट शेयर बजार चिन्तित अवस्थामा छ । आज पनि शेयर धितो कर्जाको सीमा बैंकबाट चार करोडदेखि बढीमा १२ करोड रुपैयाँसम्म राखिएको छ, यसलाई हेरफेर गर्न खोजिँदैछ । यो किन हेरफेर गर्ने ? यसले के असर गर्छ ? यसभन्दा अघि लिइरहेको कर्जाको अवस्था के हुन्छ रु पर्याप्त अध्ययन नभइकन यस्ता कतिपय नीतिहरू ल्याउँदा समस्या आएको छ, यसतर्फ सरकारको ध्यानकर्षण गराउँछु’, भट्टराईले भने।

प्रतिक्रिया दिनुहोस्