अवैध हातहतियार बरामद



काठमाडौं । ओखलढुंगा र जाजरकोटबाट प्रहरीले अवैध हातहतियार बरामद गरेको छ।

ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका–६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई १ थान भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।

जाजरकोटको छेडागाड नगरपालिका–५ चंखेलास्थित झाडीमा लुकाई राखेको एक नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ।

झाडीमा लुकाई राखेको बन्दुक इलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गईरहेको प्रहरीले फेला पारी बरामद गरेको हो।

प्रतिक्रिया दिनुहोस्