चट्याङ लागेर २ जनाको मृत्यु



सप्तरी । बोदेबरसाईन नगरपालिका–३ मधुबन टोल बस्ने ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादवको चट्याङ लागेर बिहीबार मृत्यु भएको छ।

सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

२०७९ साल सुरु भएयता चट्याङ लागेर देशभर २६ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्