अस्लिल तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने २ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा महिला तथा नाबालिकाको अस्लिल भिडियो र तस्बिर बनाएर पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ।

पीडितको जाहेरीपछि १ जनालाई धुलिखेलबाट र १ महिलालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडित नाबालिकाको तस्बिर इडिट गरी अश्लिल भिडियो बनाएर नाबालिकाका आफन्त तथा साथीभाईलाई सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको आरोपमा जेठ २५ गते काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर ६ घर भएका २० वर्षीय विकेश सोजुँलाई प्रहरीले पक्राउ गरेको हो।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

यस्तै महिलाको तस्बि दुरुपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सनसहित पोस्ट गरी महिलाको चरित्र हत्या गरेको आरोपमा खोटाङ, ऐसेलुखर्ककी २० वर्षीया भोजकुमारी दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि काठमाडौं जिल्ला अदातलबाट पाँच दिनको म्याद थप भई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्