गुल्मीमा जेसिबी दुर्घटना, चालकको मृत्यु



गुल्मी । गुल्मीमा जेसिबी दुर्घटना चालकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दाङ घर भइ शान्तिनगर गाउँपालिका–१ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वली रहेका छन्।

बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट–२ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु१क ४ हजार ७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको हो। दुर्घटना राति भएकाले स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्