कटुवा पेस्तोलसहित २ जना पक्राउ



काठमाडौं । रौतहटमा कटुवा पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–४ महुलिया बस्ने ३० वर्षीय रामबाबु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबीच लेनदेनको विषयमा विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोलसहित फेला पारी दुबै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्