भारत, चीन र अमेरिकाको स्वार्थमा तानिँदै नेपाली सेना



काठमाडौं : सैनिक साहयोग र तालिमका नाममा नेपाली सेनामाथि भारत, चीन र अमेरिकाको स्वार्थ वढ्दै गएको छ । चीन, अमेरिका र भारतले नेपाली सेनामाथि आँखा गाड्दै जानुमा केही रणनीतिक स्वार्थले काम गरेको छ । 

पहिलो सैन्यशक्ति रहेको अमेरिका सुपर पावरमा टिकिरहन चहन्छ नै । सँगै चीनलाई निगरानी गर्ने उसको रणनीतिक योजना छ ।

३० को दशकमा खम्पा विद्रोह दबाउन नेपाली सेनाले खेलेको भूमिका चीनले विर्सिएको छैन । ऊ एक चीन नीतिप्रति नेपाली सेनाले भरपूर सहयोग गर्छ भन्नेमा विश्वस्त छ ।

भारत त यसै पनि नेपाली सेना आफ्नो परंपरागत सम्बन्धबाट टाढा नजाओस् भन्ने नै चाहन्छ ।

किनभने, हालसम्म नेपाली सेनालाई आवश्यक पर्ने सैनिक बस्दोबस्तीका सामग्री निर्यातमा भारतकै एकलौटी छ । चीनको चियो गर्ने भारतको नियत कतैबाट छिपेको छैन ।

नेपाली सेनासँग यतिबेला करिब ९७ हजार फौज छ । सैन्य मामिलाविद् तथा सांसद दीपकप्रकाश भट्ट अमेरिका, चीन र भारतको स्वार्थ बुझेर नेपाल बेलैमा सतर्क हुनुपर्ने बताउँछन् । नेपाल साप्ताहिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्