सुनको मूल्यमा नयाँ कीर्तिमान, इतिहासमै उच्च



काठमाडौं : सुनको भाउ अहिलेसम्मको सुनको इतिहासमै उच्च पुगेको छ ।  भाउ लगातार बढ्दा कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन् । आइतबार सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

अहिले सुन किन्ने भन्दा पनि बेच्ने धेरै भएको व्यवसायीले बताएका छन् । अन्तर्रा्ष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्