हिटपछि किन मौन छिन् श्वेता खड्का ?



काठमाडौं : पति श्रीकृष्ण श्रेष्ठको वियोगका कारण काहिनुरपछि नायिका श्वेता खड्काले लामो समय विश्राम लिइन् ।

उनी फिल्मबाट टाढा हुनेसम्मका हल्ला चले । फिल्मी कार्यक्रममा देख्न समेत मुस्किल हुन्थ्यो त्यतिबेला । तर, कुशल अभिनयबाट चिनिएकी श्वेता चार वर्षपछि कान्छीमा देखापरिन् ।

अभिनय मात्र होइन, यसको निर्माण पनि आफैँले गरिन् । नाम चलेका धेरै कलाकारका फिल्मको व्यापार खस्किरहेका बेला यो फिल्मले लोभलाग्दो व्यापार गर्यो ।

त्यसैले अपेक्षा थियो, श्वेताले भटाभट फिल्म खेल्नेछिन् । तर, व्यापार र सामाजिक कार्यमा समेत सक्रिय स्वेताले फिल्मलाई प्राथमिकतामा राखेकी छैनन् । कारण, कान्छी प्रदर्शन भएको सात महिना वित्यो, तर श्वेता अझै नयाँ फिल्ममा अनुबन्ध भएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्