छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु



काठमाडौं । मकवानपुर, बाँके, बर्दिया, सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा एनएल ०१ एल २९७१ नम्बरको ग्यास वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–९ पशुपतिनगर बस्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ र मोटरसाइकलमा सवार उनकै छोरी २६ वर्षीया अमिना तामाङ छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा भे.१० प २७११ नम्बरको मोटरसाइकल र लु.८४ प १६१७ नम्बरको मोटरसाइकल ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लु.८४ प १६१७ नम्बरको मोटरसाइकल चालक बर्दिया सानोश्री बस्ने ४१ वर्षीय सूर्य प्रकाश वलि रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा भे.१० प २७११ नम्बरको मोटरसाइकलमा सवार २ जना सामान्य घाइते भएका छन्।

बर्दियाको बासगढी नगरपालिका–८ स्थित चोकमा बाग्मती प्रदेश ०३–०१–००६ ख ३६११ नम्बरको ट्रकले बा।२६ प ६५३१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २५ वर्षीय जय कुमार थारु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको कोशी गाउँपालिका–५ स्थित सडकमा को.२ च ३९९२ नम्बरको स्कारपियो गाडीको ठक्करबाट आइतबार विहान १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री सोही गाउँपालिका–७ बस्ने १८ वर्षीय श्रबन कुमार मेहता रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनरसिंह होम अस्पताल हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो।

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मा खोलामा भे.१ त ९२६२ नम्बरको ट्रयाक्टरको ठक्करबाट आइतबार विहान पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने उदय तिरुवाको छोरा १३ वर्षीय तुलाराम बिक रहेका छन्।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र सालकोटमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्