सवारी दुर्घटनामा दुई जनाको मृत्यु



काठमाडौं । झापा र नवलपरासी (पूर्व)मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिका-१ सितापुरी चोकमा मे.१ त ७४३१ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने राम प्रसाद अधिकारीको ९ वर्षीय छोरा गौरव अधिकारी रहेका छन् । उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पूर्व)को देवचुली नगरपालिका-११ पृथ्वीनगर चोकमा लु.१७ प ५३६१ नम्बरको मोटरसाइकल र लु.४ त ४५१६ नम्बरको ट्रयाक्टर सोमबार राति ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक देवचुली नगरपालिका-४ बस्ने ३२ वर्षीय राजकुमार थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका एक जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्