६ सय युवतीमाथि क्याथोलिक पादरीको यौन दुर्व्यवहार



एजेन्सी । जर्मनीको पश्चिमी सहर मुयन्स्टरको जर्मन डायोसिसमा ६ सय युवायुवतीमाथि क्याथोलिक पादरीले दुर्व्यवहार गरेको एउटा रिपोर्ट सार्वजनिक भएको छ। तर, पीडितको वास्तविक संख्या रिपोर्टमा सार्वजनिक गरिएभन्दा १० गुणा बढी भएको बताइएको छ।

युनिभर्सिटी अफ म्युन्स्टरको रिपोर्टअनुसार उक्त डायोसिसमा ६ सय १० जना दुर्व्यवहार पीडितको आधिकारिक रेकर्ड छ। यद्यपि, अध्ययनमा संलग्न इतिहासकार नताली पोवरोज्निकले पीडितको वास्तविक संख्या धेरै बढी हुनसक्ने बताइन्। उनका अनुसार करिब ५ हजारदेखि ६ हजार जना युवायुवती पीडित छन्।

रिपोर्टअनुसार १ सय ९३ जना पादरीले कम्तीमा ५ हजार ७ सय यौन दुर्व्यवहारका घटना गराएका थिए। संलग्न ५ प्रतिशत पादरीहरू शृंखलाबद्ध अपराधीहरू फेला परेका थिए। उनीहरूले १० भन्दा बढी व्यक्तिहरूलाई पीडित बनाएका थिए। १० प्रतिशतभन्दा कमले कानुनी परिणामहरूको सामना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्