वलीसँग सोधपुछ जारी, एकराज प्रेमी भएको स्वीकार



काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।

स्रोतका अनुसार राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गरिरहेका छन ।

वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसकेको स्रोतले बताएको छ । यद्यपि, उनले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गरेकी छन् । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको उनको भनाइ छ ।

विमलाले आज बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् । एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन ।

प्रतिक्रिया दिनुहोस्