प्रतिनिधि सभाको बैठक आज पनि बस्दै



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् ।

आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९र८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै हिजो संसद् अवरोध गरेको थियो । आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ । मन्त्री शर्माले भने करका दर हेरफेर गरेको भन्ने समाचार तथ्यहीन भएको भन्दै खण्डन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्