श्रीलंकामा आगामी महिना करिब ८ लाख पर्यटक भित्र्याउने लक्ष्य



काठमाडौं । श्रीलंकामा आगामी महिना करिब ८ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।

जुलाईमा छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ८ लाख पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन । श्रीलंका पर्यटन विकास प्राधिकरणले आर्थिक सङ्कट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिएको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले ती पर्यटकहरुबाट ८० करोड डलर रकम आउने अनुमान गरिएको जानकारी दिएका छन् । बैठकमा जाफ्ना विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन ।

प्रधानमन्त्री विक्रमासिङ्घेले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न र नयाँ नयाँ भ्रमण प्याकेजहरु बनाउन सुझाव दिएका थिए । त्यसैगरी पर्यटकहरुलाई दिइने सेवा सुविधालाई गुणस्तरीय, विविधता र सन्तुष्टिपूर्ण बनाउन पनि उनले आग्रह गरे ।

पर्यटन उद्योगलाई महत्वपूर्ण उद्योग बनाउदै आएको श्रीलंका कोरोना भाइरसको महामारीका कारण थिलथिलो भएको पर्यटन उद्योगलाई फेरि सक्रिय बनाउने कसरत थालेको छ । श्रीलंकामा अहिले आर्थिक सङ्कट उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्