प्रशिक्षणमा फर्केको पहिलो दिनमै घाइते भए मेस्सी



एजेन्सी : बार्सिलोनाका कप्तान लियोनल मेस्सी अभ्यास खेलको पहिलो दिनमै घाइते भएका छन्। कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएको उनको दाहिने गोडाको पिडौंलामा चोट लागेको हो।

पिडुलाको चोट बोकेसँगै मेस्सीले प्रि–सिजन अन्तर्गत अमेरिका भ्रमण गुमाउने भएका छन्। बार्सिलोनाले आउँदो बिहीबार र आइतबार नापोलीसँग अमेरिकामा मैत्रीपूर्ण खेल खेल्दै छ। मेस्सी कति समय मैदान बाहिर रहन्छ भन्नेबारे बार्सिलोनाले केहि खुलाएको छैन। 

प्रतिक्रिया दिनुहोस्