एसपीपी ओलीले नै अगाडी बढाएका हुन् : वामदेव गौतम



काठमाडौं । राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली नै अगाडि बढाएको खुलासा गरेका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले अहिले तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आफुले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको पाएको बताएका हुन् ।

‘गौतमले सरकारमा सामेल भएपछि प्रधानमन्त्रीले गरेको काम र विचारसँग सहमत हुनुपर्दछ भन्दै त्यसो भएर नै आफूमाथि पनि आरोप लाग्न सक्छ भनेर त्यसबारे खोजी नीति गरेको उल्लेख गरेका छन् ।

उनले सुशील कोइरालाका सम्बन्धमा केही भन्न चाहेको पनि बताएका छन् । गौतमले कोइराला नेतृत्वको सरकारमा आफु पनि सहभागी भएको भन्दै कोइरालासँग आफुले कहिल्यै पनि मत नबझाएको धारणा व्यक्त गरेका छन् । नेता गौतमले एसपीपीबारे प्रश्न उठिसकेपछि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई जवाफ दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्