नियुक्ती, सरुवा-बढुवामा निष्पक्षता र योग्यतालाई आधार बनाउने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् ।

एमालेका जनप्रतिनिधिहरुले नियुक्ती, सरुवा-बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्पपत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख गरिएको छ ।

२० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छौं ।’ एमाले जनप्रतिनिधिले आफूहरुले नेतृत्व गरेको पालिकाहरु सुशासनका नमूना बनाउने पनि प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्