नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य



काठमाडौं । नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा कुवेतलाई १०८ रनको लक्ष्य दिएको छ।

कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माको अर्धशतकीय साझेदारीमा नेपालले कुवेतलाई १०८ रनको लक्ष्य दिएको हो ।

मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनाएको छ ।

नेपालका लागि कप्तान रुविनाले सर्वाधिक ३४ रन जोड्दै अविजित रहिन् । उनले २७ बलमा ४ चौका प्रहार गरिन् । यस्तै, इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।

उनीहरुले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । नेपालकी ओपनर ज्योति पाण्डेले २१ बलमा १ चौकासहित १५ रन बनाइन् । यता, बिन्दु रावलले ११, सीता रानामगरले ५ र काजल श्रेष्ठले ५ रन बनाइन् ।

कुवेतकी मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमर र खदिजा खालिलको नाममा १र१ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्