बजेट घटाउँदा पनि पत्रकारले वाह मुख्यमन्त्री राम्रो गरिस् भनेर लेखेनन् : मुख्यमन्त्री शाही



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफूले बजेट घटाउँदा पनि कुनै पत्रकारले वाह मुख्यमन्त्री राम्रो गरिस् भनेर नलेखेको भन्दै गुनासो गरेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित पुँजी बजारसम्बन्धी कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् ।

उनले कर्णालीका पत्रकारले आफूले गरेको कामको प्रशंसा नगरेको भन्दै आलोचनासमेत गरे। ‘अन्य प्रदेशमा बजेट बढ्दा मैले घटाएर ल्याएँ, तर यहाँका कुनै पनि पत्रकारले वाह मुख्यमन्त्री राम्रो गरिस् भनेर लेखेनन्,’ उनले भने, ‘म आज आफूलाई सौभाग्यशाली ठान्छु। मैले राम्रो सचिव पाएँ, अर्थको विज्ञ।’

उनले फरक प्रशंगमा माथिका मान्छेले पावर दिन नचाएको गुनासो समेत गरे। उनले भने, ‘पुलिस यहाँ आएको छैन हो । माथिकाले भन्ने होला पुलिस नै प्रदेशमा गए गृहमन्त्रीले के जुम्रा मारेर बस्ने ? यो खालको समस्या छ। यो सबै कुरा पुँजीसँग जोडिन्छ।’

प्रतिक्रिया दिनुहोस्