स्विमिङ पुलमा डुबेर पोखरामा १ जनाको मृत्यु



पोखरा । स्विमिङ पुलमा डुबेर पोखरामा १ जनाको मृत्यु भएको छ। तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा–५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो।

उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए। सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासि पुलमा खसेका थिए। उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्