विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा,को को परे?



काठमाडौं : विश्वकप फुटबल २०२२ को छनोटको दोस्रो चरण खेल्ने नेपाली फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रारम्भिक चरणमा ३१ सदस्सीय नेपाली टोलीको घोषणा गरेका हुन्।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन्। डिफेन्डर कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङसहित ५ खेलाडी टिमबाट बाहिरिएका छन्।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन्। दोस्रो चरणको छनोट सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ जुनसम्म हुनेछ। 

प्रारम्भिक टिम :

गोलरक्षक : किरण कुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, बिशाल श्रेष्ठ

डिफेन्डर : विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजबंशी, बिमल पाण्डे,

मिडफिल्डर : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेब गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ

स्ट्राइकर : बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट, भरत खवास, बिमल घर्ति मगर

प्रतिक्रिया दिनुहोस्