राजनीतिक नेतृत्वलाई छलेर सेना मार्फत् एसपिपि आउनु सामान्य होइन : पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपि) राजनीतिक नेतृत्वलाई छलेर नेपाली सेना मार्फत् आउनु समान्य नभएको बताएका छन् । मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन्।

‘राजनीतिक नेतृत्वमार्फत आउनुपर्ने प्रस्ताव सेनामार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटकपटक गरिएको पत्राचारलाई सामान्य रुपले हेरिनु हुँदैन।’ पुनले भने ।

पुनले यस्ता कुटनीतिक प्रस्ताव सेनामार्फत नभई परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने धारणा बताए । पुनले भने, ‘एसपीपी परराष्ट्र मन्त्रालयमार्फत आउनु पर्नेमा सेनामार्फत आउनु गम्भीर हो, अब यस्तो नहोरियोस्, यो नै अन्तिम पटक होस् ।’

प्रतिक्रिया दिनुहोस्