चुनावपछि दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जानु उपयुक्त : महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि निरन्तरता पाउने बताएका छन ।

अहिलेकै अवस्थामा कुनै पनि दलको बहुमत नआउने र बहुमत नभए सरकार नबन्ने भएकाले चुनावपछि सरकार बनाउन यताउता दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जानु उपयुक्त हुने महतको भनाइ छ ।

रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने भनेर छलफल भइरहेको जानकारी दिए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संविधानमाथिको आक्रमण र प्रतिगमतकाविरुद्ध वर्तमान गठबन्धन बनेको भन्दै ओली अहिले पनि गठबन्धनलाई असफल बनाएर मुलुकलाई प्रतिगमनतर्फ लैजान उद्यत रहेको आरोप लगाएका छन ।

महतले स्थानीय तहको निर्वाचनमा मधेसमा गठबन्धनले सन्तोषजनक सफलता हासिल गरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्