घुम्न हिँडेका दुई युवकको शव पोखरीमा भेटियो



लमजुङ : पोखरीमा डुबेको अवस्थामा दुई युवकको शव फेला परेको छ। खुदी घुम्न जाने भनेर हिँडेका दुवैको  शव लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए।

मर्स्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज फेला परेको हो।

खुदी जाने भनेर हिँडेका दुवैको  शव भेटिएपछि  कसैले हत्या गरेर फालेको हुनुपर्ने आशङ्का मृतकका परिवारले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्