अपूरो पाठ्यपुस्तक तत्काल ल्याउन नेविसंघ मुगुको माग



मुगु । मुगुमा अपूरो पाठ्यपुस्तक यथाशीघ्र ल्याउन नेपाल विद्यार्थी संघ मुगुले माग गरेको छ । नेविसंघ मुगुले बाँकी रहेका स्थानयि तहअन्तर्गत रहेका विद्यालयहरूमा छिटोभन्दा छिटो पाठ्यपुस्तक ल्याउन माग गरेको हो ।

शैक्षिकसत्र सुरु भएको करिब एक महिना बढि भई सक्दा पनि मुगुमा हालसम्म पूर्ण रुपमा पाठ्यपुस्तक आइपुगेको छैन । छायाँनाथ रारा नगरपालिका भित्रका विद्यालयहरूमा अपूरा किताब पुगेका छन् ।

सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका विद्यालयहरूमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।

नगरपालिका र मुगूम कार्मारोङ्ग गाउँपालिकामा पूर्ण रुपमा किताब पुगेका छैनन् भने खत्याडका ४१ र सोरु गाउँपालिका ४१ वटा विद्यालयमा अझे पाठ्यपुस्तक नपुगेले ७ हजार विद्यार्थीको भविष्यमाथि खेलबाड भएको नेपाल विद्यार्थी संघ मुगुका संयोजक सोविन्द्र मल्लले बताए । उनले विज्ञप्ति जारी गर्दे मुगुमा अपूरा पाठ्यपुस्तक चाँडो ल्याउन ध्यानाकर्षण गरिएका छन् ।

उनका अनुसार शैक्षिक सत्र सुरु भइसक्दा पनि हालसम्म मुगुमा पाठ्यपुस्तक पूर्ण रुमा नपुग्नाले विद्यार्थी मर्कामा परेपछि ध्यानाकर्षण पत्र बुझाएका हौँ । तत्काल पूर्ण रुपमा पाठ्यपुस्तक नआए सशक्त रुपमा आन्दोलन उत्रिने नेविसंघले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्