पुराना घटनाहरूको अनुसन्धानलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी अघि बढ्न प्रहरीलाई निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित भिडियो कन्फ्रेन्स मार्फत् प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, सशस्त्र प्रहरी गणहरू, दंगा नियन्त्रण प्रहरी गण लगायतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी, मिटरव्याजी जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने बताए।

आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विषेष निगरानी राख्न पनि उनले निर्देशन दिएका थिए । त्यस्ता गतिविधिमा संलग्न विभिन्न आवरणका व्यक्तिहरूसँग प्रहरी कर्मचारीहरूको साँठगाँठ भएको पाइए क्षम्य नहुने समेत उनले जनाए ।

प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखहरूको काममा आफ्नो पहिचान गासिएको हुनाले अवसरलाई सदुपयोग गरी भ्रष्टाचारमा शून्य शहनसिलता कायम र नागरिक हितको लागि विशेष काम गर्दै सम्मान पाउने वातावरण बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्