जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख साहमाथि चप्पल प्रहार



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि चप्पल चप्रहार भएको छ । उनमाथि कार्यालय ज्ञापन पत्र बुझाउन आएकी एक महिलाले चप्पलले प्रहार गरेकी हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहकी एक महिलाले उपप्रमुख साहमाथि आक्रमण गरेको हो । साहमाथि ज्ञापन पत्र बुझाउन आएका समूहले नै आक्रमण गर्न थालेका थिए । तर, तत्कालै पुगेको प्रहरी टोलीले उपप्रमुख किशोरीलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको थियो ।

बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीय वासिन्दाले त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए।

नगर प्रमुख कार्यालयमा नभेटेपछि उनीहरुले उपप्रमुख किशोरी साहलाई ज्ञापन बुझाए। ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गरे। त्यस क्रममा पनि उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए। त्यसलगत्तै उनीमाथि आक्रमण भएको हो।

प्रतिक्रिया दिनुहोस्