लेवनानमा प्रधानसेनापति शर्माले गरे ‘गोरखा ग्रिन पार्क’को उद्घाटन



काठमाडौं । शनिबारदेखि लेवनान भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार शान्ति मिसन पूर्व क्षेत्रको मुख्यालयको भ्रमण गरेका छन ।

भ्रमणका क्रममा प्रधानसनापति शर्माले पूर्व क्षेत्रका कमाण्डर ब्रिगेडियर जनरल इग्नासिओ ओलाजावा एलोर्जसँग भेटवार्ता गरेका छन ।

ओलाजावाले मिशनका विभिद पक्षका बारेमा प्रधान सेनापति शर्मालाई जानकारी गराएका थिए। शर्माको सम्मानमा उक्त हेडक्वार्टरको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

यस्तै, शर्माले लेवनानस्थित नेपब्याट हेडक्वार्टरको भ्रमण गरी त्यस इलाकाको बारेमा पनि जानकारी लिएका छन। शान्ति स्थापना कार्यमा खटिँदा वीरगती प्राप्त गरेका नेपाली शान्ति सैनिकहरुको सम्मानमा निर्मित त्यहाँस्थित वीर स्मारिकमा माल्यार्पण गरेका थिए।

यस्तै, प्रधानसेनापति शर्माले गोरखा ग्रिन पार्कको उद्घाटन गर्दै वृक्षरोपण पनि गरेका छन।

प्रतिक्रिया दिनुहोस्