उडान सुरक्षित बनाउन प्राधिकरणको ६ बुँदे निर्देशन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षित बनाउन ६ बुँदे निर्देशन जारी गरेको छ।

आइतबार प्राधिकरणले विज्ञप्ति प्रकाशित गरी नेपालमा उडान सुरक्षालाई थप सुदृढिकरण गर्न तथा उडान सञ्चालन कार्यलाई थप व्यवस्थित बनाउन हवाइजहाज सञ्चालक कम्पनीहरुलाई सो निर्देशन जारी गरेको हो ।

६ बुँदे निर्देशन :

१. हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्नेगरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणको लागि एक स्वचालित विद्युतीय प्रणाली (सफ्टवेयर अप्लिकेसन) सञ्चालनमा ल्याउने। हेलिकप्टर उडान सुरक्षालाई सवलीकरण गर्न मौसमी अवस्था, उडान अवधि, हेलिकप्टर पाइलटको अनुभव, भौगोलिक अवस्था तथा अन्य अवस्थालाई समेत मध्यनजर गरी यस्तो प्रणालीबाट हरेक उडानको सुरक्षा सवलीकरणको व्यवस्था मिलाउने।

२. स्वचालित प्रणालीले तोके बमोजिम दुई जना हेलिकप्टर पाइलट राख्नु पर्ने व्यवस्था समेत हेलिकप्टर कम्पनीले गर्नुपर्नेछ।

३. नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति (भीआईपी) को उडानमा दुई जना हैलिकप्टर पाइलट अनिवार्य रहनु पर्ने।

४. प्राधिकरणबाट भएको निर्णयहरु ९माथि बुँदा नं. २ र ३० को कार्यान्वयन गरी स्वदेशी पाइलटको उत्पादन गर्ने आत्मनिर्भरता सहितको उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्रत्येक हेलिकप्टर कम्पनीले प्राधिकरणको मिति २०७२-०३-०५ गतेको निर्णयदेखि बढीमा ३ वर्षभित्र पाइलट तयार पार्नको लागि हेलिकप्टर कम्पनीले पेश गरी प्राधिकरणले स्वीकृत गरेको संख्या बमोजिम पाइलट पदपूर्तिको व्यवस्था अनिवार्य रुपमा मिलाउने।

५. हवाइजहाज सञ्चालक कम्पनीहरुले मिति २०७९-०३-१३ गतेदेखि तोकिएको आधार (अपरेसन बेस )विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने।

६. हेलिकप्टर कम्पनीहरुले मिति २०७९-०३-०७ गतेदेखि तोकिएको आधार (अपरेसन बेस) विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलवाट गर्ने।

प्रतिक्रिया दिनुहोस्