पेट्रोलियम पदार्थ मूल्य वृद्धि फिर्ताको माग गर्दै अनेरास्ववियूको प्रदर्शन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ ।

सोमबार बिहान बुटवल बहुमुखी क्याम्पसअगाडि सडकमा जम्मा भएका अनेरास्ववियूका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैदिन अत्यधिक मूल्यवृद्धि गरेपछि विद्यार्थीहरूले विरोध गरेका हुन् । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि भएको छ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरानै छ। आजबाट पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ भएको छ ।

अनेरास्ववियू रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले मूल्यवृद्धिको निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्