एन्फा निर्वाचन : मतदान सकियो, मतगणना जारी



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ।

एन्फाको २१ औं साधारण सभा तथा केन्द्रिय निर्वाचनले आगामी चार वर्षका लागि कार्यसमिति चयन गर्नेछ । कार्यसमितिका २१ पदका लागि ८४ जनाले भोट हालेका थिए ।

तीन जना अध्यक्षका प्रत्यासी रहेकाले अध्यक्ष पदमा चयन हुन बहुमत भोट आवश्यकता पर्छ ।

अध्यक्षका प्रत्यासी तीनजनामा कर्मा छिरिङ् शेर्पा, पंकज बिक्रम नेम्बाङ र राजीव पौडेल छन । कुनै एक उम्मेदवारले बहुमत अर्थात ४३ भोट प्राप्त नगरेको अवस्थामा फेरि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्