एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन ।

सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको मतदानमा उनले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका हुन् ।

नेम्वाङले ४५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी शेर्पाले ३९ मत ल्याए । शेर्पा चार वर्षअघि पनि मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका थिए। शेर्पाले ६३ मत प्राप्त गर्दा कुँवरले १२ मत प्राप्त गरेका थिए ।

एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्