भारतीय मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु



धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय नम्बर प्लेट भएको मोटरसाइकलले ठक्कर दिंदा १ बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ का मनिस राना मगर रहेका छन्। भारततर्फ जाँदै गरेको युपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले बालकलाई ठक्कर दिएको उनलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

ठक्करबाट घाइते भएका बालकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र १७ वर्षीया चालक मनिष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लगेको छ।

प्रतिक्रिया दिनुहोस्