मोटरसाइकल एकआपसमा ठोक्किदा १ को मृत्यु, ४ घाइते



बारा । २  मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बारामा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४ घाइते भएका छन्।

कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउँदै गरेको ना २८ प नम्बरको र विपरित दिशाबाट जाँदै गरेको ना ३४ प ७९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा करैयामाई गाँउपालिका १ का २२ वर्षीय तबरेज आलमको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्त डिएसपी राजेश थापाले जानकारी दिए।

दुर्घटनामा सोही ठाँउका २५ वर्षीय नसरुदिन अन्सारी, भारत मोतिहारी पतही बस्ने ३५ वर्षीय सुरेश साह, उनकी श्रीमती ३२ वर्षीया सविता देवी र २२ वर्षीया रामप्रवेश साह घाइते भएका छन्।

घाइतेमध्ये अंसारी र सविता देवीको अवस्था गम्भीर रहेको छ। उनीहरुको हाल वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्