विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला



काठमाडौं । इलाम, ललितपुर र झापामा ४ जना मृत अवस्थामा फेला परेका छन्।

ईलामको माङसेबुङ गाउँपालिका–४ धनलुवा गाउँ बस्ने २४ वर्षीय अबिशेक राई सोही ठाउँस्थित धनलुवाखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

फुपुको घरबाट आफ्नो घर फर्कने क्रममा मंगलबार राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो।

ललितपुरको ललितपुर महानगरपालिका–२७ चापागाउँ ओखाटस्थित घरको ट्वाइलेटमा हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

झापाको शिवसताक्षी नगरपालिका–६ स्थित बनियानी खोलामा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको छ।

यसैगरी झापाको हल्दिबारी गाउँपालिका–१ स्थित खेतमा सालनाल सहितको नवजात शिशु (छोरा)को शव बुधबार फेला परेको छ। घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्