एन्फाका पदाधिकारीले लिए शपथ



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार एन्फा मुख्यालयमा अध्यक्ष पंकज नेम्वाङसहित १८ पदाधिकारीले शपथ ग्रहण गरेका हुन्।

पंकज अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा अध्यक्षमा विजयी भएका थिए। एन्फामा पंकज प्यानलकै बहुमत रहेको छ।

प्रतिक्रिया दिनुहोस्