नेपाल भलिबल टिमको घोषणा, को–को परे ?



काठमाडौं : एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको टुंगो लागेको छ। भदौमा आयोजना हुने प्रतियोगिताका लागि १८ सदस्सीय खेलाडीबाट १४ सदस्सीय टिमको टुंगो लगाएको हो।

नेपाल भलिबल संघले टिमको औपचारिक घोषणा भने आइतबार गर्ने जनाएको छ। तर, मुख्य प्रशिक्षक नेदरल्याण्ड्सका हान एबिङले बिहिबार प्रतियोगिता खेल्ने अन्तिम टोलीको तय गर्दै बाहिरिने खेलाडीलाई जानकारी गराएको छ।

प्रशिक्षक एबिङले आजबाट १४ खेलाडी छनोट गरेका छन्। एबिङले घोषणा गरेको टिममा ३ नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन्। नेपाली टिममा पहिलो पटक स्थान बनाउने खेलाडीमा त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर राजेन्द्र बिष्ट, आर्मीका क्विकर दुर्गा बहादुर खड्का र एपीएफका ओपन स्पाइकर टेकराज अवस्थी रहेका छन्।

यस्तै टिमबाट बाहिरिनेमा राजु शेरचन, दुर्गा महतो, द्वारिका थापा र सारान समरी रहेका छन्। प्रशिक्षक एबिङले घोषणा गरेको टिममा आर्मीबाट सर्वाधिक ७, पुलिसबाट ४ र एपीएफबाट ३ खेलाडी परेका छन्।

सेन्ट्रल जोनका लागि एबिङले ४ ओपन स्पाइकर, ३ आउट साइड, ३ अपोजिट ब्याक, ३ लिब्रो र २ लिफ्टरलाई टिममा समावेश गरेका छन्। प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

नेपाली टिम :

ईम बहादुर राना मगर (कप्तान)

कुलबहादुर थापा (उपकप्तान)

धनबहादुर भट्ट

विशाल विक

राजेन्द्र विष्ट

टेकराज अवस्थी

हरिबहादुर अधिकारी

दुर्गा बहादुर खड्का 

नरेन्द्र गिरी

इश्वर थापा मगर

राजकुमार निरौला

हरिहजुर थापा

विनोद बहादुर चन्द

प्रतिक्रिया दिनुहोस्