पेस्तोल र गोलीसहित दुई जना काठमाडौंबाट पक्राउ



काठमाडौं । पेस्तोल र त्यसको गोलीसहित दुई जना काठमाडौंबाट पक्राउ गरेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित एक खाजाघरमा हतियारसिहतका व्यक्ति रहेको सूचनापछि पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ धोबिचौर घर भई काठमाडौं महानगरपालिका-१५ बनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासीको बर्दघाट नगरपालिका-१४ चौपत्ता बस्ने ३० वर्षीय राजु विक रहेका छन्।

प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा उक्त खाजा घरबाट उनीहरूलाई पेस्तोल तथा त्यसको गोलीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताएका छन्।

उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, त्यसको गोली एक थान, खोका एक थान र हातमा लगाउने फलामको पञ्च एक थान बरामद भएको एसपी मैनालीले बताए । उनीहरूमाथि मुलुकी अपराध संहिता अनुसार प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्