योगेश भट्टराईले भने, ‘माधव नेपाल २०० वर्ष बाच्नुहोस्, पदमा रहिरहनुहोस्,



काठमाडौं । नेकपा एमालेको सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई २०० वर्ष बच्न शुभकामना दिएका छन् । उनले आफूले केही दिन अघि माधव नेपाल प्रति गरेको टिप्पणीका कारण समाजवादीको युवाहरुको मन दुखेको भन्दै उनीहरुलाई खुसी पार्न यस्तो शुभमना दिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ११ बुँदे स्मरण लेख्दै भट्टराईले आफू र माधव नेपाल सुरुवाती समयदेखिनै नमिल्ने बताएका छन् । उनले माधव नेपालसँग सुरुमा पञ्चायत कालमा भेटेको र नेपालको नाम रञ्जन भएको बताएका छन् ।

पञ्चायतकालमा कमरेड रन्जनको उपनामले माधव नेपाललाई चिनेको र त्यतिबेला नेपालबाट थुप्रै प्रशिक्षण लिएको भट्टराईले उल्लेख गरेका छन् ।

भट्टराईको फेसबुक स्टाटस

कमरेड माधव नेपाल र म !
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नुभयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगी जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ १ माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु– ‘कमरेड माधव नेपाल दुईसय वर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना’

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा

१.पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

२.वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु। वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् र यो जारी रहने छ।

३.नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौ ।

४.छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।

५.सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।

६.आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।

७.नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो। अध्यक्षको उम्मेदवार हुनुभयो। हामीले साथ दियौं। जित्नु भएन ।

८.प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको। वहाँ पार्टीको महासचिव। वहाँ र मेरोबीचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दवाव र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएँ।

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होईन ।

पुनश्चः कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु मेरो मनसाय होईन ।

प्रतिक्रिया दिनुहोस्