आयरल्यान्डविरुद्ध भारत विजयी



काठमाडौं । घरेलु टोली आयरल्यान्ड पहिलो टी-२० खेलमा भारतसँग सात विकेटले पराजित भएको छ। वर्षाले १२ ओभरमा छोट्याइएको खेलमा जितसँगै भारतले दुई खेलको शृंखलामा १-० को अग्रता बनाएको छ।

१०९ रनको विजयी लक्ष्य पछ्याएको भारतले नौ ओभर तीन बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। भारतका दिपक हुडाले सर्वाधिक ४७ रन बनाए। यस्तै, कप्तान हार्दिक पान्ड्याले २४ रनको योगदान गरे। आयरल्यान्डका क्रेग योंगले दुई विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित १२ ओभरमा चार विकेट गुमाउँदै १०८ रन बनाएको थियो।

आयरल्यान्डका युवा ब्याटर ह्यारी टेक्टरले सर्वाधिक ६४ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहल एक विकेट लिए । अब,  दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्