भूकम्पले हल्लियाे सुदूरपश्चिम



काठमाडाैं : भारतकाे उत्ताराखण्डस्थित खेलालार्इ केन्द्रबिन्दु बनाएर गएकाे भूकम्पले नेपालका सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत धक्का महसुश भएकाे छ । अाइतबार दिउँसो १२ बजेर ५२ मिनेट जाँदा ५ दशमलव १ र १२ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले भूकम्पबारे जानकारी दिए। अहिलेसम्म भूकम्पबाट भौतिक तथा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। खेला भन्ने ठाउँ दार्चुलाकाे उत्तरमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्