घुस रकम सहित नगरपालिकाका सब इन्जिनियर रंगेहात पक्राउ



जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराईन नगरपालिकाका सब इन्जिनियर उमेश मण्डललाई घुस रकमसहित पक्राउ गरेको छ। बर्दिबास कार्यालयबाट खटिएका टोलीले विशेष सूचनाको आधारमा मण्डललाई जनकपुर अंचल अस्पतालको अगाडिबाट ५५ हजार रुपैयाँ सहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने भन्दै ५५ हजार घुस लिँदै गर्दा उनलाई रंगहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्