नमेटिएका पाइला 



काठमाडौं : वर्षौँ बितिसकेको रहेछ, उसको मेरो भेट नभएको तर मेरो मनले भने उसलाई खोजिरहेको हुन्थ्यो। जब म अनलाइनमा हुन्छु नि मेरा यी हातहरू उसलाई म्यासेज लेख्न हतारिरहन्छन् र लेख्छन् लामा लामा म्यासेजहरू तर जवाफ आउँदैन। म अफिस जानु अघि म्यासेज आउला कि फोन आउला कि भनेर कुरि रहेकै हुन्थे। अनि अफिस सकिए पछि पनि त्यस्तै । उ मेरा बालापनदेखिकै हितैषी मित्र। आज मलाई कल गर्नुहोला भनेर फोन नम्बर पनि पठाएकी थिएँ। तर केही प्रतिक्रिया आएन।

उसको घर धादिङ्गबेसी। मेरै घर छेउमा उसको मामा घर, मामा घरमै बसेर कक्षा आठसम्म पढेको उसँगको आठ वर्षको मित्रता हरपल मस्तिष्कमा आइरहन्थ्यो। दशैँ बिदामा घर गएको उ आजसम्म फर्केर आएन। चौध वर्ष पछि फेसबुकका माध्यमबाट साथी भएको आज चौध दिन भयो। तर केही प्रतिक्रिया नआए पछि म निरास भए। एक दिन अफिस सकेर कोठामा आइपुग्दा ५ बजेर तिस मिनेट गएको थियो।

निरासहुदैं फेसबुक खोल्दै थिए। मेरा मनमा खुसिको सिमा नै रहेन अनि हर्षले गदगद भए। उसले सन्देश पठाएको रहेछ ।जुन मलाई करोडौंको उपहार भन्दा नि ठुलो लागेको थियो। जहाँ उसले आफ्नो फोन नम्बर छोडेको रहेछ अनि मैले हत्तपत्त मोबाइलमा ब्यालेन्स नभए पनि लोन लिएर कल गरे। काठमाडौं कंलकीमा बस्दो रहेछ उ। मलाई अब कतिखेर उसलाई भेटौं,हेरौं जस्तो लागि रहेको थियो। मैले प्रस्ताव राखिहाले हामी भेटौंन है?

उसले पनि सहजै भन्यो हुन्छनि आउन त कंलकी। म पनि हतारिदैं ड्रेस पनि चेन्ज नगरी कोठाबाट निस्किएँ ।मनमा अनेकौं सपना र तरगं चलिरहेको थियो। मङ्सिर महिना झमक्क साँझ पर्न लागि सकेको थियो । त्यो साँझ जस्तै मेरा मन थकाइ मार्ने आसमा दिन छोडेर रातको पर्खाइमा बसेको भरिया जस्तै भए। लोडसेडिङ मुक्त काठमाडौं जस्तै मेरा मन पनि पिडा मुक्त भएजस्तो लाग्यो।

खल्तीमा गाडी भाडा मात्र पुग्ने ३० रुपैयाँ थियो त्यतिनै बोकेर नगर बसमा चढेर उसलाई  भेटेपछि धेरै भन्ने कुराहरू मनमा खेल्दै एक सपनीमा जस्तो बसको सिटमा कंलकी तर्फ हिँडे। झन्डै साढे ६ बजेको थियो होला, बल्खु भाटभोटेनी अगाडि बस बाट ओर्लँदा। उ म भन्दा पहिला आएर मलाई नै कुरिरहेको रहेछ। अझै पनि सजिलै चिन्न सकिने अवस्था थिएन, किनकी धेरै समय पछिको भेट। मित्रको चिउँडोमा झुस्स दाह्री पलाएको,सिकुटे, अल्गो। डेरामा बस्दो रहेछ एक्लै। कोठामै जाऊ भन्यो, मैले पनि अनकनाउदै हुन्छ भने, सडकमा बसेर कुरा गर्दा काठमाडौंको धुवाँ धूलो अनि फेरी कसैले देख्ला भन्ने डरपनि । कोठामा पुगियो।

म त्यो रुमलाई नियाली रहे अनि अतितलाई सम्झि रहे। एक्कासि के हेरेको भनेर उसले मलाई तातो चिया थम्याइदियो। मैले भने किन दुःख ख गरेको त उसले मुस्कुराउँदै भन्यो चिया उमाल्दा पनि दुख हुन्त त ? म केही बोलिन टेबलमा पलाष्टिकको डब्बामा मकै भट्टमास रहेछ, स्टिलको थालमा खन्याएर, चिया र मकै भट्टमास खादै गफिन थाल्यौँ। सानो कोठा, एउटा बेड, बेड छेउमै सानो टन्न किताब राखिएको दराज, ग्याँस, किचन टेबलको तल भाँडा मिलाएर राखिएका । भित्तामा सुई चल्ने घडी निदाइरहेको अवस्थामा। ‘घडी त साढे सात बजे नै निदाएछ नि’ मैले विनोदी शैलीमा हाँस्दै भनेँ । प्रतिउत्तरमा उसले पनि हाँस्दै भन्यो ‘मेरो जिन्दगीमा नै साढे सात बजिरहेको छ ।’ मेरो मनभित्रको एउटा कौतूहलको अझै निराकरण भएको थिएन– ‘उसले किन यसो भन्योे’ भनेर रु उसको रहस्यमय तर मलीन अनुहारलाई हृदयमा सजाएर छुट्टिनुपर्ने बेला भयो। मनले नमाने पनि आखिरी कोठा त जानु नै थियो। यसो मोबाइलमा हेरे ८ बजि सकेछ पत्तै भएन। हत्तन पत्त चियाको अन्तिम घुट्कि लगाउँदै भने ला… ८ पो बजिसकेछ। ल म गए है भन्दै हत्न पत्त निस्किए उ पनि चोक सम्म मलाई पुर्‍याउन आयो।

तर मेरो मनमा एउटा प्रश्न चमलाइ रह्यो। सिधै सोध्ने आठ पनि गरिन मैले। उ मलाई बस चढाएर वाई भनेर गयो । म बसको झ्यालबाट उ हिँडेको हेरिरहे पर सम्म उसले पनि एक पटक फर्किएर हेर्‍यो अनि मन्द मुस्कान छोड्यो। त्यसछि म बसको सिटमा मूर्ति जसरी बसेको थिए। मलाई त्यही उसको भनाइले  तानिराखेको थियो।किन त्यसो भन्यो भनेर।

मन निकै चञ्चल बन्यो। उ कस्तो पीडामा जलिरहेको होला ? यस्तै के के सोच्दै दिन र रात उसकै कल्पनामा डुब्न लागेँ । उ मेरो काल्पनिक संसारको राजकुमार बन्यो । उसँग आफूलाई जोडेर कल्पना गर्दा पनि मेरो मन आनन्दले तरङ्गित हुन्थ्यो । संयोग भनौ या के भनौ त्यसको केही दिनपछि अचानक रत्न पार्कमा उसँग भेट भयो। त्यसदिन पनि उ मैले पहिला भेटेकै पहिरनमा थियो। मनमा नानाथरि कुराले भुइँचालो ल्याइदियो।

मेरो लागि उसँग कुरा गर्ने दोस्रो अवसर थियो, त्योभन्दा बढी डर पनि । हिम्मत गरेरै त्यस विषयमा संवाद गर्ने निर्णय गरेँ । र, उसलाई सोधेँ– ‘अस्ति किन त्यसो भन्नु भएको ? उसले प्वाक्क बोल्यो ‘मैले चाहेर पनि भन्न सकेको थिइनँ । तिमीले सोधिहाल्यौ । वास्तवमा म तिमीलाई एकोहोरो प्रेम गरिरहेको छु । म तिम्रो जवाफको प्रतीक्षामा हुनेछु ।’ यति भनेर उ सरासर गयो। कस्तो अचम्म गए पनि नभनि सरासर गएको होला ? 

उसलाई पर पुगुन्जेल हेरिरहे त्यसपछि म पनि आफ्नै बाटो लागे। त्यो रात खान मन लाग्ने कुरै भएन । धेरै कुरा खेले मनमा । एक कप चिया बनाएर पिएँ । मेरा मनले उसको बारेमा कुरा खेलिरहन्थ्यो। त्यो भनाई अनि एकोहोरो गति जसले मलाई विष पिएको जस्तो छटपटि बनायो। रातको ११ बजे बिस्तारामा पल्टिएँ निदाउन धेरै चेष्टा गरे सकिन अनि पल्टेरै फेसबुक खोलेँ । रात कोल्टो फेर्दाफेर्दै बित्यो । भोलिपल्ट पनि केही गर्ने जाँगर चलेन । न त उसलाई फोन गर्ने हिम्मत नै जुट्न सक्यो । तीनदिनपछि खाना खाए जस्तो गरेँ।

आँखाले निद्रा भुलिसकेका थिए । मैले धेरै सोचेँ र एक दिन हिम्मत नै गरेर उसलाई म्यासेज गरेँ। ‘के हामी एकपल्ट भेट्न सक्छौ ? लगभग तुरून्तै जवाफ आयो– ‘हुन्छ नि । तर कहाँ भेट्ने ? ‘भानु चोकमा, साँझ ५ बजे ।’ म्यासेज गरेपछि मन् झनै अन्योलमा पर्‍यो । उससँगको भेट कुनै औपचारिक प्रसङ्ग विनाको थियो । ‘म उसलाई आफ्नो मनका कुरा सबै भन्छु’ भन्ने कुरा सोचेँ तर कसरी भन्ने होला भनेर चिन्तित बनेँ ।

घडीले साँझको पाँच बजायो। मेरो मनको ढुकढुकी झन् बढ्दै गयो। म चोकमा बसेर उसलाई कुरिरहेकी थिएँ। झन्डै २० मिनेटको पर्खाइपछि उ केही पर देखिए। उसको आजको पहिरनले मेरो मन झन् प्रभावित बन्यो। निलो टिसर्ट, कालो कोट र निलो जिन्समा सजिएर आउनुभएको थियो । सुरूका औपचारिक कुराकानीपछि मैले पनि उसलाई भनेँ ‘आई लभ यू टु।’ यति मात्र के भनेको थिए उसले त मलाई न्यानो अङ्गालोमा बेहोर्न भ्याइसकेछ। अनि, केही रून्चे स्वरमा भन्यो ‘म पनि तिमीबाट टाढा हुन सक्दिनँ, प्रिय। तिमीबाट टाढा हुन नखोजेको पनि होइन, तर सकिनँ ।

तिमी आफैले यसो भनेको सुन्दा मलाई अझै विश्वास लागेको छैन। आई लव यु टू डियर ।’ फेरि कसिलो आङ्गालोमा कस्यो । त्यसपछि हाम्रो भेट्ने क्रम बिस्तारै बढ्दै गयो । हामी फोनमा घण्टौँ बिताउन थालेका थियौँ । यसरी नै हाम्रो दैनिकी फेरिँदै थियो । हामी सधैँ साँझमा भेट्ने गर्थ्यौँ । म चट्पटे निकै मन पराउँथेँ । उ कहिल्यै चट्पटे नहेर्ने मान्छे मेरै कारण चट्पटे खान थाले । भन्छन् नि, मायामा सबथोक परिवर्तन गर्ने शक्ति हुन्छ। उसले पनि धेरै बानीहरूलाई मेरै खुसीका लागि परिवर्तन गरे अनि केही मैले पनि उसकै लागि । र, म आजभोलि उसको आज्ञाकारी विद्यार्थी झै बनेकी थिएँ।

हाम्रो अन्तिम वर्षको पढाइ चल्दै थियो । दुर्भाग्यबस मेरो र उसको ग्रुप भिन्दा भिन्दै पर्‍यो । म ग्रुप ए लाई समाल्दै नगरकोट जानु पर्ने भयो, उ धुलिखेल । हामीले दुई महिनाको लागि छुट्टिनु पर्ने भयो। त्यपछि त धेरै चिन्ता लाग्यो। २ महिना नभेटि दिन कसरी कटाउने होला ? मैले रूँदै भने ‘तिमी विनाको दुई महिना कसरी काट्नेरु’ उसले सम्झाउँदै भन्यो ‘हामीसँग कुरा गर्ने फोन छँदै छ नी’ नभन्दै हामी सधैँजसो फोनमै व्यस्त हुन्थ्यौँ । उसँग कुरा गर्दा समय कटेको पत्तो नै हुन्नथ्यो।

यसबीच फाइनल परीक्षाको रूटिङ्ग आयो । हामीले फोनमा हुने कुराकानी छोट्याउने सहमति ग¥यौँ । हाम्रा कुरा निकै छोटा बन्दै थिए । हामी पढ्नमा व्यस्तै भयौ । हाम्रो दुई महिने फिल्ड पनि सकियो फर्केर पनि त्यति धेरै भेटघाट गरेनौँ । हामी दिनमा एकपटक चाहिँ भेट्थ्यौँ । परीक्षा सकिएको अन्तिम दिन हामीले फेरि एकपल्ट भेटियौँ । भेटमा पहिलेका दिनमा जस्तो हँसिलो देखिनुभएको थिएन । मैले केही बुझ्न खोजेँ, उसले केही बोल्न चाहेन । अन्त्यमा उसले भन्यो–‘म भोलि नै घर जादैछु ।’ ‘किन रु’ मैले प्रश्न गरेँ । ‘काम छ, बुबाले भोलि नै आउन भन्नुभाकोछ त्यसैले । मैले भोलि जानुपर्छ ।’ मेरो सास भासियो । मैले साउतीको शैलीमा सोधेँ‘कहिले फर्किइन्छ तरु’ ‘थाहा छैन ।’ यति भनेर उ कोठाबाट बाहिरियो।

जब उ कोठाबाट निस्किएर गयो।द मेरो मनमा अनेकौँ कुराहरू खेल्न थाले । उसको मनमा के कुराहरू थिए जो मसँग नभनी गयो। मबाट कुनै गल्ति भयो किरु मैले उसको भावना पो बुझ्न सकिन किरु यस्तै यस्तै कुराहरू मनभरि खेलिरहे । मैले उसलाई कन्ट्याक्ट गर्न लाखौ कोसिस गरेँ तर फोन अफ थियो । मैले सम्पर्क गर्न धेरै दिन नै कोसिस गरे तर सफल हुन सकिनँ । मेरो मन अत्तालियो । म दिनदिनै उसको यादमा डुब्दै गएँ ।

न खान मन लाग्थ्यो, न त निद्रा नै पथ्र्यो । जब फोनको घण्टी बज्थ्यो, मन उसको नम्बर खोज्थ्यो । तर, बारम्बार निरास बन्दथ्यो । उसकै यादले म डिप्रेसनको सिकार पनि भएँ तर उ कहिल्यै मेरो सम्पर्कमा आएन। मनै त हो, उसले मलाई चटक्कै बिर्से पनि मेरो मनले भने उसैलाई खोजिराखेको छ एकोहोरो र एकाल्पनिय आस उ आउने अझै मरेको छैन । मोबाइलले पनि उसैको फोनको घण्टी कुरी राखेको छ अझै पनि……।

 

प्रतिक्रिया दिनुहोस्