नागरिकता विधेयक अल्झाउँदा मधेसका जनता अन्यायमा : नेता मिश्र



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले नागरिकता विधेयक पारित नगर्नुले सरकार मधेशप्रति अनुदार रहेको पुष्टी भएको आरोप लगाएका छन ।

नेता मिश्रले नागरिकता समस्या देशकै समस्या रहेको जिकिर गर्दै सरकारले यसलाई अल्झाएर जनतासँग अन्याय गरिरहेको धारणा राखेका हुन् ।

उनले भने, ‘हुन त नागरिकताको समस्या देशकै समस्या हो । नागरिकतालाई मधेशको मात्र समस्या भनी कुप्रचार गराई कथित राष्ट्रियताको नाममा जनतालाई गुमराह गरी नागरिकता विधेयकलाई सधैझै अल्झाउने काम भइरहेको हाम्रो बुझाई रहेको छ ।’

‘नागरिकता बिना बच्चाको पढाईदेखि पासपोर्ट, जागिर लगायत महत्वपूर्ण कार्यहरू नहुनु भनेको जनतालाई योग्य अपाङ्ग बनाउनु हो ।’ नेता मिश्रले भने ।

प्रतिक्रिया दिनुहोस्