एक्लै निर्वाचन लडेका ठाउँमा पनि कमजोर देखिएनौं : कांग्रेस (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसले एक्लै चुनावमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन परिचालन समितिद्वारा बिहीवार सार्वजनिक गरिएको प्रतिवेदनमा कांग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा निर्वाचन जितेको उल्लेख छ ।

गठबन्धनका कारण १२१ सिटमा मेयर-अध्यक्ष छाडेर ६३२ तहमा मात्रै उम्मेदवार उठाउँदा १८८ अध्यक्ष र १४१ मेयरसहित ३२९ ठाउँमा जित निकालेको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै २१९ ठाउँमा उपमेयररउपाध्यक्ष छाडेर ५३४ ठाउँमा मात्रै उम्मेदवारी दिँदा १९० उपाध्यक्ष र ११० उपमेयर गरी ३०० पद जितेको छ । जुन उम्मेदवारी दिएको जम्मा ठाउँको ५६ प्रतिशत हो ।

प्रतिवेदनमा गठबन्धनका आधारमा मेयररअध्यक्ष लडेका २०९ मध्ये १२८ स्थानमा जित निस्किएको जनाइएको छ । जुन ६१ प्रतिशत हो । यस्तै उपमेयररउपाध्यक्ष पदमा गठबन्धनको सहायतामा लडेको ११५ सिटमध्ये ८५ स्थानमा जितेको कांग्रेसले जनाएको छ । जुन ७४ प्रतिशत हुन आउँछ ।

यस्तै गठबन्धनबिना मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका ४२३ तहमध्ये २०१ मा जितेको प्रतिवेदनमा उल्लेख छ । जुन ४८ प्रतिशत हुन आउँछ । यस्तै उपमेयररउपाध्यक्ष पदमा उम्मेदवारी दिएका ४१९ तहमध्ये ५२ प्रतिशतमा जित निस्किएको जनाइएको छ । संख्यामा २१५ सिट हो ।

‘यो आँकडाले कांग्रेस गठबन्धनबिना एक्लै निर्वाचनमा जाँदा पनि कमजोर देखिएको छैन,’ प्रतिवेदनमा भनिएको छ,‘तर गठबन्धन गरेर जाँदा अझ बढी सफलता प्राप्त गर्न सम्भव भएको निर्वाचन परिणामले देखाएको छ ।’

यस्तो छ पूर्णपाठ !

प्रतिक्रिया दिनुहोस्