कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमितिको बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

आगामी २७ गते सोमबार दिउँसो १ बजे बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन । उनकाअनुसार बैठकमा स्थानीय निर्वाचनको समीक्षाका साथै अरु एजेण्डामा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्