सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता हुने



काठमाडौं : युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन्  । राष्ट्रिय खेलकुद परिषद्ले काठमाण्डौमा आयोजना गरेको चालु आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी गोष्ठीमा  मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार आयोजना गर्ने योजना पनि सार्वजनिक गरे ।मन्त्री विश्वकर्माले अबको डेढ वर्ष्भित्र गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेगरी आवश्यक योजना तय गरिएको जानकारी दिए  ।

उनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराए ।

 

प्रतिक्रिया दिनुहोस्