हामीले सरकार छाडेपछि मात्र ४९ अर्बको चामल कसरी आयात भयो : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको भन्दै प्रश्न गरेका छन् । अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले आफू सरकार छाडेपछि धेरै चामल आयात भएको भन्दै प्रश्न गरेको हुन् ।

कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको भन्दै यति धेरै चामल कसरी आयात भएको हो भन्दै प्रश्न गरेका हुन् ।

‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल आयात कसरी भयो ?’ उनले प्रश्न गरे, ‘‘यस्तो उर्बर देशमा जहाँ यति हिमाली नदीनाला, उर्बर फाँटहरु छन्, जहाँको जनसंख्या ३ करोड भन्दा कम छ, त्यस्तो देशमा किन हामी खाद्यान्नमा आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं, यो अशोभनीय स्थिति हो ।’

प्रतिक्रिया दिनुहोस्